Section 55
अधिकार प्रत्यायोजन
सञ्चालक समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली, बीमकको प्रबन्धपत्र र नियमावली बमोजिम आफूमा निहित अधिकारमध्ये केही अधिकार कुनै सञ्चालक, दफा ५४ बमोजिमको समिति वा उपसमिति, कार्यकारी प्रमुख वा बीमकको कार्यकारी प्रमुख भई कार्य गर्ने व्यक्तिलाई प्रत्यायोजन गर्न सक्नेछ।

तर व्यवस्थापकीय अधिकार सञ्चालकलाई प्रत्यायोजन गर्न पाइने छैन।